स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा

    मा प्रकाशित

एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल मड्रिड रियल भिल्ला १–१ गोलको बराबरीमा रोकिएको हो ।
भिल्लाको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले बराबरीमा चित्त बुझाएको हो ।खेलको दोस्रो मिनेटमा मारीयानो डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, खेलको ७६ औं मिनेटमा जेरार्ड मोरेनोले पेनाल्टीमा गोल गर्दै भिल्लालाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै रियलले शीर्ष दुईमा उक्लने मौका गुमाएको छ ।
रियलले ८ खेलमा १६ अंक जोडेको छ । रियल तालिकाको चौंथो स्थानमा रहेको छ । भिल्लाले ९ खेलमा १८ अंक जोडेको छ । भिल्ला दोस्रो स्थानमा रहेको छ । अर्को खेलमा लेभान्टेले इल्चेसँग १–१ गोलको बराबरी खेलेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्