बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख बराबरीमा – Kanika Khabar
Friday, April 19Nepali News Portal

बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख बराबरीमा

    मा प्रकाशित

एजेन्सी ।
जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बायर्न घरेलु मैदानमा भेरडाआ ब्रेमेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा किंग्स कोम्यानले दोस्रो हाफमा गोल गरेपछि बायर्नले बराबरी खेलेको हो ।कोम्यानले खेलको ६२ औं मिनेटमा गोल गरेका थिए । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा म्याक्सिमिलियन अगस्टाईनले गोल गर्दै ब्रेमनलाई अग्रता दिलाएका थिए ।
घरेलु मैदानमा बराबरीमा रोकिएपनि बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।बायर्नले ८ खेलमा १९ अंक जोडेको छ । ब्रेमन ११ अंक जोडेर तालिकाको आठौं स्थानमा रहेको छ । अर्को खेलमा वोल्फ्सबर्गले साल्केलाई २–० ले हराएको छ । होफेनहाइमले स्टुटगार्डसँग ३–३ गोलको बराबरी खेल्दा बोरुसिया मुन्छेनग्लाडबाखले आउग्सबर्गसँग १–१ गोलको बराबरी खेलेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्