दुर्व्यवहार होइन एकताको नारा हो : थापा – Kanika Khabar
Friday, April 19Nepali News Portal

दुर्व्यवहार होइन एकताको नारा हो : थापा

    मा प्रकाशित

कनिका खबर
मंसिर ७, दाङ ।
सत्तारूढ नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले चितवनमा दुर्व्यवहार भएको नभई पार्टी एकताको पक्षमा नाराबाजी भएको बताएका छन् ।

थापाले आज आइतबार बिहान ट्वीट गर्दै थापाले भनेका छन् – पार्टी एकता जिन्दाबादको नारा लाग्दा सुनियोजित सुनियोजित दूर्व्यवहार देख्नु गुटगत अन्तरदृष्टि भएको समेत बताएका छन् ।

यसअघि बुटवलमा मुख्यमन्त्री शंखर पोखरेलको गाडीमा ढुंगा प्रहार हुँदा निदाउँनुभएको थियो क्यार । भन्दै थापाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई व्यंग्य पनि गरेका छन् ।

प्रवक्ता श्रेष्ठको ट्वीटमा जवाफ दिदै थापाले भनेका छन्,’बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएको थियो क्यारे । चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ – गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी । दुबै स्थायी कमिटी सदस्य( तब न नारायणकाजी ।’

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्