कनिका खबर
मंसिर ७, दाङ ।
दाङका थप २ जना संक्रमितको मृत्यु भएको छ ।
बाँकेको नेपालगञ्ज मेडिकल कलजे कोहलपुरमा उपचारका क्रममा दाङका दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुष रहेका छन् ।
कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएर भोलिपल्ट अस्पताल भर्ना भएका घोराहीका पुरुषको शनिबार राति ११ :५० बजे मृत्यु भएको छ ।
यही मंसिर ५ मा अस्पताल भर्ना भएका तुलसीपुरका पुरुषको भने आइतबार बिहान १ः४० बजे मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । दुबै मृतकमा निमोनियाको समस्या रहेको उनले बताए ।


