‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुन्छ : पोख्रेल – Kanika Khabar
Friday, January 23Nepali News Portal

‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुन्छ : पोख्रेल

    मा प्रकाशित

कनिका खबर
मंसिर ७, दाङ ।

सत्तारुढ दल नेकपाको स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्वार्थका कारण नेतृत्वले विवेक गुमाउँदा विवाद तल्लो तहसम्म पुगेको र समस्या उब्जिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार राख्दै नेता पोखरेलले यस्तो बताएका हुन्।

उनले लेखेका छन्, ‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुल्याउने र कमजोर बनाउने उपक्रम सुरुहुन्छ ।’

चितवनमा एक कार्यक्रममा बोल्दै गर्दा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीको घटनालाई लिएर मुख्यमन्त्री पोखरेलले नेतृत्वको कमजोरी औल्याएका हुन्।

शनिबार नेता पाण्डेविरुद्ध प्रधानमन्त्री ओली निकट कार्यकर्ताले नाराबाजी गरेका थिए । नेता पाण्डे वरिष्ठ नेता माधवकुमार नेपाल निकट हुन्।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्