हुम्ला जिल्ला अस्पताल सिल – Kanika Khabar
Friday, April 19Nepali News Portal

हुम्ला जिल्ला अस्पताल सिल

    मा प्रकाशित

कनिका खबर
मंसिर ७, हुम्ला ।
हुम्ला जिल्ला अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो ।

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बढ्दो जोखिमलाई ध्यानमा राखेर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले जानकारी दिएको छ ।

अस्पताल प्रशासनले सूचना टाँसेर अस्पताल सिल गरेको हो । अस्पतालका सूचना अधिकारी भक्ति फडेराले अर्को सूचना जारी नहुँदासम्म आकस्मिक बाहेकका सबै सेवा बन्द रहने जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्