कालापानी सामुदायिक वनको अध्यक्षमा पुन चौधरी – Kanika Khabar
Friday, January 23Nepali News Portal

कालापानी सामुदायिक वनको अध्यक्षमा पुन चौधरी

    मा प्रकाशित

तुलबहादुर कंवर मगर
सिसहनियाँ ७ मंसिर ।
कालापानी सामुदायिक वन उपभोक्ता समुह राप्ती गाउँपालिका ५ कालापानीको अध्यक्षमा पुन छविलाल चौधरी चयन भएका छन् । समुहको शनिवार देउखुरीको पर्यटकीय तथा धार्मिक स्थल खोराहबाबामा भएको १९ औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनले पुन चौधरीलाई अध्यक्षमा सर्वसहमतीले चयन गर्दै १ सदस्य रिक्त रहने गरी १५ सदस्यीय समिति गठन गरेको छ ।

नव गठित समुहको उपाध्यक्षमा गनबहादुर केसी, सचिवमा श्यामा रावत, कोषाध्यक्षमा अमिता चौधरी रहेका छन् भने सदस्यहरुमा शोभाकर आचार्य, आशाराम चौधरी, लोकबहादुर पुन, नरबहादुर केसी, इन्द्रबहादुर बुढा, विष्णु पोख्रेल, भुमा विक, मनतुन्नी चौधरी, संगिता खनाल, जितबहादुर थापा रहेका छन् ।

त्यसैगरी साधारणसभाले वन समुहको २०७६/०७७ को कार्ययोजना समाप्त भएकाले नयाँ कार्ययोजना निमार्णका लागि राप्ती सव डिभिजन वन कार्यालय मसुरीया सँग समन्वय गरी वन समुहका अध्यक्ष छविलाल चौधरीको संयोजकत्वमा ५ सदस्यीय कार्ययोजना नविकरण उपसमिति गठन गरेको छ । जसका सदस्यहरुमा गनबहादुर केसी, देवप्रसाद चौधरी, श्यामा रावत र शोभाकर आचार्य रहेका छन् ।

वन समुहका अध्यक्ष छविलाल चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका स्तरीय वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत तथा राप्ती सव डिभिजन वन कार्यालयका विष्णुप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा वार्षिक प्रगती प्रतिवेदन समुहका सचिव बेलमती चौधरी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अमिता चौधरीले प्रस्तुत गरेकी थिइन् । सभामा राप्ती गाउँपालिका स्तरीय वन महासंघका सदस्य देवप्रसाद चौधरी, नर्ती सामुदायिक वन समन्वय समितिका सचिव तारा घिमिरे, सिसहनियाँ उद्योग वाणिज्य संघका सचिव मद पोख्रेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष अमिता चौधरीले गरेकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्