काठमाडौं महानगरको स्वाब संकलन मोबाइल भ्यान सञ्चालनमा – Kanika Khabar
Saturday, January 17Nepali News Portal

काठमाडौं महानगरको स्वाब संकलन मोबाइल भ्यान सञ्चालनमा

    मा प्रकाशित

कनिका खबर
मंसिर ७, काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले आजबाट स्वाब संकलनका लागि मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले पोजिटिभ एअर प्रेसर मेन्टेन कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो ।
राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा नाष्टका सचिव महेशकुमार अधिकारीले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन मोबाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको प्रमुख शाक्यले बताए । नाष्टको समृद्धिका लागि नवप्रवर्तन केन्द्र (सीआईपी) बाट डिजाइन तथा परीक्षण गरी मोबाइल स्वाब कलेक्सन निर्माण गरिएको हो । यो भ्यानमार्फत अशक्त, अपांगता भएका, दीर्घ रोगी र जेष्ठ नागरिक जो विभिन्न कारणले चाहेर पनि घर बाहिर निस्कन नसक्ने व्यक्तिका लागि बढी प्रभावकारी हुने नाष्टका सचिव अधिकारीले बताए । यो भ्यान सहरी स्वास्थ्य तथा खाद्यपदार्थ नियमन विभागले सञ्चालन गर्नेछ । सवारीमा जडान भएको कक्षमा बसेर १ पटकमा २ जनाको स्वाब लिन सकिनेछ । हरेकको स्वाब लिइसकेपछि कक्षमा भएको स्वीच थिचेपछि स्बाव लिइएको ठाउँ स्वचालित रुपमा निसंक्रमण हुनेछ ।
यसमा जसको स्वाब लिइएको हो, उसैले भीटीएम आइस बक्समा राख्नुपर्ने, स्वास्थ्यकर्मीलाई पीपीई लगाउँदा हुने झन्झटबाट कमी गराउन यो कक्षको निर्माण गरिएको नाष्टका वरिष्ठ प्राविधिक अधिकृत शंकर ढकालले जानकारी दिए । नाष्टले यसअघि संकट व्यवस्थापन केन्द्र, नेपाल प्रहरी,सशस्त्र प्रहरी, स्वास्थ्य विभाग लगायतका संघ संस्थाका लागि यस्तै प्रकारको प्रणाली उपलब्ध गराइसकेको ढकालले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्