दाङका १० क्रसर उद्योग १५ दिनभित्र बन्द हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

दाङका १० क्रसर उद्योग १५ दिनभित्र बन्द हुने

    मा प्रकाशित

कनिका खबर
मंसिर ७, दाङ ।
दाङ जिल्लामा सञ्चालित १० वटा क्रसर उद्योगहरुलाई १५ दिनभित्र बन्द गर्न प्रशासनले निर्देशन भएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाई तथ जिल्लाका सरोकारवाला निकायहरुको सहभागितामा गएको कात्तिक अन्तिम साता देखी जिल्लाका क्रसर उद्योग बारे अनुगमन सुरु गरिएको थियो । अनुगमनका क्रममा १० वटा क्रसर उद्योगले अवैध रुपमा काम गरिरहेको फेला परेपछि ती उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएका छन ।

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बालुवा प्रशोधन गर्ने भनि उद्योग दर्ता गरेकोमा क्रसर उद्योग नै सञ्चालन गरेको पाईएको छ । त्यस कारण ती १० उद्योगलाई बन्द गर्न निर्देशन दिईएको उनले जानकारी दिएका छन् । अनुगमन सकिएपछि आईतवार घोराहीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिईएको छ ।

प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा १२ वटा क्रसर उद्योग दर्ता भएकोमा १० वटा सञ्चालनमा रहेका छन् भने ती बैधानीक ढंगले चलेको पाईएको छ । जिल्लाका ३२ वटा बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भएकोमा ६ वटा बन्द भएको प्रजिअ आचार्यले पत्रकार सम्मेलनमा बताए । यस्तै २६ वटा सञ्चालनमा रहेका छन् । ती मध्ये १० वटाले क्रसर उद्योगमा नाममा चलाएको पाइएपछि बन्द गर्न निर्देशन दिईएको छ ।

प्रजिअ आचार्यका अनुसार यसरी बदमासी गर्नेहरु स्वर्गद्धारी स्किृनप्लान्ट प्राली, जनविश्वास बालुवा बासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रसोधन वासिङ उद्योग, मंगलम बालुवा प्रशोधन उद्योग, बागरबाबा बालुवा प्रशोधन उद्योग, पाण्डबेश्वर बालुवा वासिङ उद्योग, जयबागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रीगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रीगेट बालुवा वासिङ उद्योगलाई बन्द गर्न निर्देशन दिईएको हो ।

अटेरी गरे राज्यका सेवा सुविधा कटौती सँगै दर्ता खारेज सम्म गर्ने चेतावनी दिईएको हो । पत्रकार सम्मेलनमा क्रसर व्यवसायी महासंघका अध्यक्ष मिनबहादुर शाहीले आफुहरु राज्यको नीति नियम अनुसार चल्न प्रतिबद्ध रहेको बताए । अर्को तर्फ राज्यका मापदण्डहरु अव्यवहारीक हुदा व्यवसायीहरु मारमा पर्ने गरेको उनको भनाई छ । अनुगमन टोलीमा जिल्ला प्रहरी, जिल्ला समन्वय समिति, मालपोत तथा नापी, वन कार्यालय, घरेलु लगाएतका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।उक्त टोलीले जिल्लामा सन्चालन क्रसर तथा बालुवा प्रशोधन उद्योगमा पुगेर आबश्यक छानविन तथा अनुगमन गरेको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्