पढाइ नभएको समयको शुल्क लिइएकामा जनमोर्चाको आपत्ति – Kanika Khabar
Thursday, March 28Nepali News Portal

पढाइ नभएको समयको शुल्क लिइएकामा जनमोर्चाको आपत्ति

    मा प्रकाशित

काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाले विद्यालय सञ्चालन र पढाइसमेत नभएका अवस्थामा केही निजी विद्यालयमा विद्यार्थीबाट शुल्क असूल गरिने अभिभावकमाथिको लुट भएको जनाएको छ ।

सो पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी पढाइ नभएको पैसा असूल गर्ने विद्यालयलाई कारवाही गर्न माग गरिन् । पार्टीले सरकारले कोभिड सङ्क्रमणको परिस्थिति हेरेर विद्यालय सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने जिम्मा स्थानीय तहलाई दिएकामा भने समर्थन गरेको छ ।

विज्ञप्तिमा राष्ट्रिय बालअधिकार परिषद्ले बालिकामाथि भएका बलात्कार र बालबालिकामाथिका यौनजन्य हिंसाबारे सार्वजनिक गरेको प्रतिवेदनमा बालिकामाथि बलात्कारका घटना विकराल बन्दै गएको देखिएको उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७६–७७ मा एक हजार ३९३ बालिका बलात्कारबाट पीडित भएको देखिएको छ । त्यसमध्ये २५ बालिका सामूहिक बलात्कारको शिकार भएका छन् । दश वर्षमुनिका २७२ बालिका बलात्कार पीडित रहेको देखिएको छ । प्रतिवेदनमा पाँच बालकसमेत यौनहिंसामा परेको सार्वजनिक गरिएको थियो ।

बालबालिकामाथि हुने हिंसा, बलात्कार, यौन तथा श्रम शोषणका घटना हुन नदिन र दोषीलाई कारबाही गर्न पनि पार्टीले माग गरेको छ ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्