कांग्रेसको शीर गन्ने धृष्टता कोहीबाट नहोस् : प्रवक्ता शर्मा – Kanika Khabar
Sunday, January 18Nepali News Portal

कांग्रेसको शीर गन्ने धृष्टता कोहीबाट नहोस् : प्रवक्ता शर्मा

    मा प्रकाशित

कनिका खबर
मंसिर ७, दाङ ।

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहुन चेतावनी दिएका छन् । प्रवक्ता शर्माले पार्टीलाई पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश रहेकोले कोही पनि भ्रममा नपर्न आग्रह गरेका छन्।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटवार्ता सम्बन्धी खबर आइरहेका बेला आइतबार अपरान्ह प्रवक्ता शर्माले कोही कसैलाई भ्रममा नपर्न भनेका हुन्।

‘भ्रम, कोही कसैलाई केही छ भने( पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई,’ प्रवक्ता शर्माले भनेका छन्, ‘अतः कुनै पनि भड्कावबाट टाढा छौं,रहनेछौं’ि

‘नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं, अतः यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं,’ शर्माले भनेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्