अक्सफोर्डले बनाएको कोरोना खोप ७० प्रतिशत प्रभावकारी भएको दाबी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अक्सफोर्डले बनाएको कोरोना खोप ७० प्रतिशत प्रभावकारी भएको दाबी

    मा प्रकाशित

एजेन्सी/

अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरिरहेको खोपले ७० प्रतिशत मानिसमा कोरोना भाइरसको लक्षण बन्न नदिने बताइएको छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरिरहेको खोपको ठूलो संख्यामा गरिएको परीक्षणमा ७० प्रतिशत प्रभावकारी देखिएको बीबीसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । यसअघि फाइजर मोर्डनाले बनाएको खोपको प्रभावकारिता करिब ९५ प्रतिशत भएको बताइएको थियो ।

कोरोना भाइरसविरुद्धको प्रभावकारिता फाइजर र मोडर्नाले विकास गरिरहेको खोपको भन्दा कम भए पनि अक्सफोर्डले बनाएको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने र विश्वका जुनसुकै कुनामा पनि लैजान सकिने किसिमको भएको बीबीसीले उल्लेख गरेको छ । एस्ट्राजेनकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ यो खोप सजिलै भण्डारण गर्न सकिन्छ । एक ठाउँबाट अर्को ठाउँमा लैजान पनि सहज छ ।

यो सामान्य रेफ्रिजेरेटर ९२ देखि ८ डिग्री सेल्सियस० तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।’ कम्पनीले प्रयोगको अनुमति पाएका सन् २०२१ सम्ममा ३ अर्ब डोज उत्पादन गर्ने बताएको छ । नियमनकारी निकायबाट प्रयोगको अनुमति पाएमा यसले कोरोना महामारी नियन्त्रणमा उल्लेख्य सहयोग पुऱ्याउने बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स ग्यालहरले लेखेका छन् । त्यस्तै अक्सफोर्डको खोपको सही डोज दिन सकिएमा यसको प्रभावकारिता ९० प्रतिशतसम्म पुग्न सक्ने पनि अनुसन्धानकर्मीले बताएका छन् । बेलायत सरकारले अक्सफोर्डले बनाइरहेको खोपको १० करोड डोज अर्डर गरिसकेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले खोपको प्रभावकारिताबारे भनेका छन्, ‘अक्सफोर्डको कोरोना खोप परीक्षणमा अत्यन्तै प्रभावकारी देखिएको छ । अविश्वसनीय रुपमा यो निकै नै खुसीको खबर हो ।’ प्रधानमन्त्री जोन्सनले खोपको सुरक्षा मापदण्डबारे अझै केही प्रक्रिया बाँकी भए पनि खोपको प्रभावकारिता राम्रो देखिनु खुसीको कुरा भएको बताएका छन् ।

अक्सफोर्डका अनुसन्धानकर्मीहरुले १० महिना लगाएर कोरोना खोप निर्माण गरेका हुन् । अक्सफोर्ड र एस्ट्राजेनेकाको खोपको परीक्षणमा बेलायत र ब्राजिलमा गरी २० हजारभन्दा बढी सहभागी भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्