साविक राप्ती अञ्चलमा कक्षा १२ को १७५ वटा केन्द्र, २१ हजार ३ सय ६१ जना परिक्षार्थी सहभागी हुँदै – Kanika Khabar
Saturday, April 20Nepali News Portal

साविक राप्ती अञ्चलमा कक्षा १२ को १७५ वटा केन्द्र, २१ हजार ३ सय ६१ जना परिक्षार्थी सहभागी हुँदै

    मा प्रकाशित

सञ्जीव पछाइ
मंसिर ९, दाङ ।
आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा साविकको राप्ती अञ्चलमा १७५ वता केन्द्र तय गरिएका छन् । राष्ट्रिय परीक्षा बोड शाखा कार्यालय दाङले दाङ सहित छ जिल्लामा कक्षा १२ को परिक्षाका लागि १७५ वटा केन्द्र रहेको बताएका हुन् ।
दाङ शाखाका प्रमुख रामलाल खड्काले रुकुमका दुई जिल्ला सहित साविक राप्तीका पाँच जिल्लाको सवैठाउँमा परीक्षा केन्द्र निर्धारण भईसकेको जानकारी दिएका छन् । उनका अनुसार छ वटा जिल्लाका गरी १७५ वटा विद्यालयबाट कक्षा १२ को बार्षिक परिक्षा सन्चालन हुन लागेको छ । दाङमा ६६, सल्यानमा २५ ,रोल्पामा २२, प्युठानमा २१, रुकुम पुर्वमा १२ र रुकुम पश्चिममा २९ वटा विद्यालयबाट विद्यार्थीहरु परिक्षामा सामेल हुन लागेको उनले जानकारी दिएका छन् ।

बोडले जिल्लाका विद्यालयहरुमा केन्द्राध्यक्ष तोकेर परिक्षा सम्वन्धी जानकारी गराईसकेको उनले जानकारी दिएका छन् । उनका अनुसार सवै विद्यालयबाट नियमित र आंशिक गरेर जम्मा २१ हजार ३ सय ६१ जना परिक्षार्थीले सहभागि जनाउदैछन् । परिक्षा विहान ८ बजेदेखी साढे नौ बजे सम्म सन्चालन हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्