बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

    मा प्रकाशित

डम्बरबाबु बोहरा
मंसिर ९, बैतडी ।
बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । आज मंगलबार दिउँसो साढे १ बजेतिर झुलाघाटबाट गोठालापानी तर्फ आउदै गरेको ना १ ज २१९६ नं को जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिकाका ४ का ७५ वर्षका कलावती चन्द, पाटन नगरपालिका ५ का ७७ वर्षका भगिरथ पाण्डेय, पाटन नगरपालिका ५ का ७० वर्षका पार्वती देवी चन्द, दशरथचन्द नगरपालिका २ देहिमाण्डौंका ५८ वर्षका कृष्ण लाबड र दशरथचन्द नगरपालिका ५ बस्कोटका ७२ वर्षका पार्वती चन्द रहेका छन् । यस्तै घाइते हुनेमा बैतडीको दशरथचन्द नगरपालिका ९ का ४६ वर्षका खगेन्द्र प्रसाद जोशी, दोगडाकेदार गाउँपालिकाका ६ का ५० वर्षका कृष्णानन्द भट्ट, दशरथचन्द नगरपालिका वडा नं. २ देहिमाण्डौंका २२ वर्षका प्रदिप लावड, बैतडी दशरथचन्द वडा नं. ५ का ३५ वर्षका रबिन्द्र चन्द रहेका छन् ।
चालक समेत रहेका बैतडी दशरथचन्द नगरपालिका ४ का ४० वर्षका गोपाल सिंह कार्कीलाई उपचारका लागि धनगढी पठाइएको छ । जिप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्