चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ४ खर्ब रुपैयाँको वस्तु आयात – Kanika Khabar
Friday, January 23Nepali News Portal

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ४ खर्ब रुपैयाँको वस्तु आयात

    मा प्रकाशित

मंसिर ९,दाङ ।
चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकमा ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । यस अवधिमा निर्यातको आकडा भने मात्र ४० अर्ब रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन–कात्तिकसम्म अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा आयातमा केही गिरावट देखिएको छ ।

निर्यातमा भने सामान्य वृद्धि भएको छ । विभागका अनुसार चार महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १० दशमलव ६२ प्रतिशतले कम हो ।

यस अवधिमा कुल ४० अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १० दशमलव ८१ प्रतिशतले बढी हो । उच्च आयात र न्यून निर्यातका कारण नेपालको व्यापार घाटा समेत उच्च रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्