एकनाल भरुवा बन्दुक सहित हातहतियार बरामद – Kanika Khabar
Thursday, April 25Nepali News Portal

एकनाल भरुवा बन्दुक सहित हातहतियार बरामद

    मा प्रकाशित

शिवु खनाल
कोइलाबास, ९ मंसिर ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक झपिन्द्र परियारको कमाण्ड र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङगेलको कमाण्डमा खटिएको संयुक्त गस्तीले लुकाइछिपाइ राखेको अवैध लोड गरिएको एकनाल भरुवा बन्दुक सहित विभिन्न हात हतियार बरामद गरेको छ ।

गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास स्थित अन्तरखोला जंगलबाट सोमबार विहान छ बजे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक झपिन्द्र परियारको कमाण्ड र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङगेलको कमाण्डमा खटिएको संयुक्त गस्तीले रोड ब्लक तथा खोजी कार्वाहीमा लोड गरिएको एकनाल भरुवा बन्दुक, छवटा छर्रा (गोली), कैचि एक थान, सिंयो एकथान, बारुद दुई डिब्बा, पटकका चार थान र झोला एकथान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिए । उनका अनुसार उक्त अवैध हातहतियार बरामद गरि जिल्ला प्रहरी कार्यालय दाङमा लगिएको हो ।

यस भन्दा अगाडि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासले नाकाबाट बाट ५२ वटा अवैध खसि र लोड गरिएको एकनाल भरुवा बन्दुक सहित विभिन्न हातहतियार बरामद गरि प्रहरीलाई बुझाएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्