प्रमाणित हुने वित्तिकै नेपालीले खोप पाउँछन् : मन्त्री ढकाल – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

प्रमाणित हुने वित्तिकै नेपालीले खोप पाउँछन् : मन्त्री ढकाल

    मा प्रकाशित

रासस
मंसिर ९, काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएका छन् । यही मङ्सिर ३ गतेदेखि आजसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्व प्रतिजैविक सचेतना सप्ताह’को समापन गर्दै उनले कोभिड–१९ विरुद्धको खोपको परीक्षण भइरहेको र उक्त सफल परीक्षण भई प्रमाणित हुनेबित्तिकै नेपाली नागरिकले पाउने बताए । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न दृढ भएर लागेको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए ।

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा कोभिड(१९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायत व्यवस्था गर्नका लागि औषधि ९तेस्रो संशोधन० अध्यादेश, २०७७ जारी गरेकी थिइन् । सप्ताहका अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

प्रतियोगितामा नेशनल स्कूल अफ साइन्सकी कक्षा ११ मा अध्ययनरत राजकी अर्याल प्रथम, होप इन्टरनेशनल कलेजमा स्नातक तह अध्ययनरत स्वस्तिका सापकोटा द्वितीय र ललितकला क्याम्पसकी स्नातक तहमा अध्ययनरत विनिता खड्काले तृतीय स्थान प्राप्त गरे । मन्त्री ढकालले विजय विद्यार्थीलाई नगद र प्रमाणपत्र प्रदान गरे । अठ्ठाइस सहभागीमध्येबाट २४ जनाको कला छनोट गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्