बेपत्ता भएका भनिएका डिएसपी होटलमा युवतीसँग भेटिए, अनुशासनको कारबाही गर्ने तयारी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बेपत्ता भएका भनिएका डिएसपी होटलमा युवतीसँग भेटिए, अनुशासनको कारबाही गर्ने तयारी

    मा प्रकाशित

कनिका खबर
मंसिर १०, कैलाली ।
बेपत्ता भएका भनिएका डिएसपी फेला परेका छन् । उनी भनिएका कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी एक होटलमा युवतीसँगै भेटिएका हुन् ।

मंगलबार रातिबाट एकाएक सम्पर्कविहीन भएका डीएसपी भरतबहादुर चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलास्थित एक होटलमा युवतीसँग फेला परेका हुन् ।

युवतीसँग फेला परेका उनलाई अनुशासनको कारबाही गर्ने तयारी भएको स्रोतले जनाएको छ । हाल जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएका उनलाई खोज्न ठूलो संख्यामा प्रहरीसमेत परिचालन गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार भने डीएसपी चौधरी आज बिहान सम्पर्कमा आएपछि अनुसन्धान सुरू भएको जनाएका छन्

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्