‘औद्योगिक क्षेत्रको विकास समृद्धिको आधार’ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

‘औद्योगिक क्षेत्रको विकास समृद्धिको आधार’

    मा प्रकाशित

लिलाधर वली
दाङ,१० मंसिर ।

घरेलु तथा साना उद्योगको प्रवद्र्धन विना समृद्धि हुन नसक्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । छैठौ राष्ट्रिय उद्योग दिवसतथा घरेलु तथा साना उद्योग कार्यालयको नागरिक बडापत्र सार्वजनिक कार्यक्रमका सहभागीहरुले दाङको समृद्धिका लागि उद्योग क्षेत्रको विकास हुन आवश्यक रहेको बताएका थिए ।

प्रदेश राजधानीले मात्र दाङको समृद्धि हुन नसक्ने भन्दै बक्ताहरुले आर्थिक रुपमा समृद्धि हासिल गर्नका लागि दाङमा औद्योगीक क्षेत्र हुन आवश्यक रहेको बताएका हुन । कार्यक्रमलाई संम्वोधन गर्दै घोराही उपमहानगरपालिकाका नगर प्रम्ुख नरुलाल चौधरीले आर्थिक विकाससँगै रोजगारीका अवसरहरु सिर्जना गर्नका लागि औद्योगीक क्षेत्रको विकास हुन आवश्यक रहेको बताएका थिए ।

उनले पछिल्लो समय दाङमा उद्योगहरुको विकास भएपनि विश्व बजारसँग प्रतिष्पर्धा गर्न सक्ने सामग्रीहरु उत्पादन हुन नसकेको बताएका थिए । ‘उद्योगहरुको विकाससँगै गुणस्तरियतामा हामीले ध्यान दिन आवश्यक छ । नत्र उत्पादन गर्ने विक्रि नहुने समस्या रहनसक्छ’–नगर प्रमुख चौधरीले भने–‘उद्योगी व्यवसायीहरुले बस्तुको उत्पादन र गुणस्तरियतासँगै विक्रिमा ध्यान दिनुपर्छ ।’ बाहिरीबजारसँग प्रतिप्रर्धा गर्न सक्ने उद्योग भए समृद्धिसँगै रोजगारीका अवसरहरु समेत सिर्जना हुने नगर प्रमुखको भनाई रहेको थियो ।

घोराही नगरपालिकामा जनप्रतिनिधिका रुपमा आफु आएदेखि नै औद्योगीक क्षेत्रको विकासका लागि आफुले पहल गरिहेको समेत नगर प्रमुख चौधरीले बताएका थिए । ‘दाङको विकासका लागि घोराहीमा औद्योगीक क्षेत्रको आवश्यकताको महसुश गरेर हामीले कार्यपालिकाको बैठकबाटै उद्योग बाणिज्य संघले माग गरेको ठाउँमा औद्योगीक क्षेत्र स्थापनाका लागि केन्द्र सरकारसँग माग गरेका थियौ’–नगर प्रमुख चौधरीले भने–‘माग अनुसार केन्द्रवाट टोली आएर स्थलगत अनुगमनसँगै प्रतिवेदन तयार गर्ने काम गरिसकेको छ । घोषणाका लागि किन ढिलाई भएको छ, बुझेर दवाफ दिने काम गरौ ।’ उनले घोराही उपमहानगरपालिकाले घरेलु तथा साना उद्योगहरुको प्रवद्धर्नका लागि काम गरिरहेको समेत बताएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले समृद्धिका आधार घरेलु तथा साना उद्योगहरु रहेकाले उद्योगहरुको प्रर्वद्धन गर्न आवश्यक रहेको बताए । उद्योगहरुको विकासले जिल्लाको समृद्धिसँगै रोजगारीका अवसरहरु समेत सिर्जना हुने बताएका थिए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले दाङमा उद्योगहरुको विकासका लागि औद्योगीक क्षेत्र घोषणा हुन आवश्यक रहेको बताएका थिए । औद्योगिक क्षेत्र घोषणा नहुदा व्यवसायीहरुले ठूलो लगानी गर्न नसकिरहेको समेत उनले बताए ।

‘उद्योगहरुको विकास र औद्योगिक क्षेत्रमा लगानी भित्राउनका लागि दाङमा औद्योगिक क्षेत्र घोषणा हुन आवश्यक छ’–अध्यक्ष भुसाालले भने–‘त्यसका लागि उद्योग बाणिज्यले जग्गाको छनोट गरेर सवै सरोकारवालासँग छलफल गरेर मन्त्रालयसम्म पठाउने काम गरेको छ । अव त्यहाँबाट पास गराउनका लागि दाङबाट निर्वाचित जनप्रतिनिधिले पहल गर्न आवश्यक छ ।’

औद्योगिक क्षेत्र घोषणा भए उद्योगहरु स्थापनासँगै आवश्यक पूर्वाधारहरु निर्माणका लागि समेत सहज हुने बताए । ‘अहिले एउटा उद्योग खोलौ भनेपनि विद्युत,सडक,पानीलगायतका समस्या हुने गरेको छ । तर एकै ठाउँमा उद्योगहरु स्थापना हुन सके त्यो समस्या हट्नेछ’–उनले भने–‘औद्योगिकक्षेत्र घोषणा गर्न सके जिल्लाको आर्थिक समृद्धिसँगै रोजगारीका अवसर समेत खुल्नेछन् ।’ त्यसका लागि जननिर्वाचित प्रतिनिधिहरुले पहल गर्न आवश्यक छ ।

जिल्ला उद्योग प्रवद्र्धन समिति दाङका संयोजक समेत रहेका जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

छैठौ उद्योग दिवसका अवसरमा घरेलु तथा साना उद्योग कार्यालयले मंगलवार जिल्लाका ६ जना उद्यमीहरुलाई सम्मान गरिएको छ । जिल्लाका तीन वटा निर्वाचन क्षेत्रबाट दुई दुई जनाका दरले ६ जना उद्योमी व्यवसायीहरुलाई सम्मान गरेको हो ।

जसअन्तर्गत स्वर्गद्धारी रेशम विकास अनुसन्धान तथा प्रशोधन केन्द्र गढवा–४ सञ्चालक रामनाथ अधिकारी, मोर्डन ग्रिन उद्योग राप्ती गाउँपालिका–५ सिसहनियाका प्रोपाईटर गन्धर्व चौधरी,गौमुखी च्याउँ तथा कृषि उद्योग घोराही–१७ का मनिराज पुन,शाही मसला उद्योग घोराही–१४ का अम्विका शाह, जेपी मौरी पालन फर्म घोराही–११ का झगाकुमारी केसी र गुडहिल छाला जुत्ता उद्योगका सञ्चालक कल्पना नेपालीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस अवसरमा कार्यालयमा स्थापना गरिएको डिजिटल बडापत्र समेत सार्वजनिक गरिएको थियो । डिजिटल वडापत्रले कार्यालयमा सेवाका लागि आउने सेवाग्राहीहरुलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । कार्यालयका निमित्त प्रमुख उमबहादुर वलीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमका सहभागीलाई सूचना अधिकारी विक्रम केसीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण माधव तिमिल्सेनाले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्