रुपन्देहीमा सवा ४ अर्ब लागतमा ५० किलो मिटर तिनाउ–दानव कोरिडोर निर्माण हुने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

रुपन्देहीमा सवा ४ अर्ब लागतमा ५० किलो मिटर तिनाउ–दानव कोरिडोर निर्माण हुने

    मा प्रकाशित

नारायण वली
मंसिर १०, रूपन्देही ।


मुलुककै आर्थिक केन्द्रका रुपमा विकास गर्ने उद्देश्यका साथ रुपन्देहीमा सवा ४ अर्वको लागतमा तिनाउ—दानव कोरिडोर सडकको निर्माण हुने भएको छ । सडक विभागका अनुसार तिनाउ नदीतर्फ ३५ किलोमिटर र दानव नदीतर्फ १५ किलोमिटर गरी ५० किलोमिटर लम्बाईको २ लेनको सडक निर्माण हुने भएको बताइएको छ ।

नदीतर्फको ३ मिटर क्षेत्रमा हरियाली क्षेत्र बनाइनेछ भने त्यसपछि मात्रै १४ मिटरको दुई लेन सडक निर्माण गरिने भएको छ । त्यस्तै बस्तीतर्फको सडक छेउमा फुटपाथ निर्माण गरिने उल्लेख गरिएको छ ।

विभागका अनुसार सो कोरिडोर सडक निर्माणका लागि पहिलो चरण अन्तर्गत तिनाउ नदीको ८दशमलव ५किलोमिटर र दानव नदीको ३ दशमलव ५ किलोमिटरका लागि ठेक्का सम्झौता भईसकेको छ । जसअनुसार तिनाउ कोरिडोर निर्माणका लागि ५२ करोड ४६ लाख र दानव कोरिडोरका लागि १९ करोड ४२ लाख रुपैयाँमा किराँतेश्वर मैनाचुली अविसा जेवी र लामा बानियांँ जेवीसँग गत असोज महिना मा ठेक्का सम्झौता भैसकेको जनाईएको छ ।

ठेक्का सम्झौता अनुसार तिनाउ नदी तर्फको ३६ महिना र दानव नदि तर्फको २७ महिनामा सडक निर्माण कार्य सक्नु पर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको बताइएको छ । कोरिडोर निर्माणपछि अहिले अतिक्रमण हुंँदै आएको तिनाउ नदीको उकास क्षेत्र जोगिने र नदीको बहाव क्षेत्र पनि सुरक्षित हुने विश्वास गरिएको छ ।

यस्तै आज सो आयोजनाको अर्थमन्त्री विष्णु पौडेलले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । उद्घाटन गर्दै, मन्त्री पौडेलले उक्त आयोजनालाई रुपन्देहीका लागि मात्रै नभई मुलुकै ड्रिम प्रोजेक्टको रुपमा अगाडि सारिएको जिकिर गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्