माधव बेल्बासे
मंसिर १०, कपिलवस्तु ।
कपिलवस्तुका ‘फुच्चे टुरिष्ट गाइड’ भनेर चिनिने राहुल शाहनी २४ दिनपछि फेला परेका छन् । कपिलवस्तु नगरपालिका–३ घर भएका शाहनी कात्तिक १७ गते सोमबार बिहानदेखि सम्पर्कबिहिन भएका थिए ।
आज कपिलवस्तु यशोधरा गाउँपालिका वडा नं ७ मर्यादपुरमा भारतबाट आउँदै गरेको अवस्थामा उहाँ फेला परेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । पर्यटकीय स्थल तिलौराकोटमा आउने पर्यटकहरुको गाइडको काम गर्दै आएका शाहनी बेपत्ता भएपछि परिवार, प्रहरी तथा अन्य सरोकारवालाहरुले खोजि गरिरहेका थिए । बेपत्ता भएका शाहनीलाई कपिलवस्तु प्रहरीले उनका बुबा रिङ्कु मल्लाहलाई सकुशल जिम्मा लगाएको छ ।
मा प्रकाशित


