सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने स्वीकृति – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने स्वीकृति

    मा प्रकाशित

कनिका खबर
मंसिर १०, दाङ ।
सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा गर्न सरकारले स्वीकृति दिएको छ । आज बुधबारको मन्त्रिपरिषद बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको हो ।

भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृति प्रदान गर्न मन्त्रीपरिषदमा प्रस्ताव पेश गरेकी थिइन्।

 

आर्थिक वर्ष २०६४र६५ बाट सुरू भएको सगरमाथाको उचाइ मापन कार्य अहिले सकिएर घोषणा गर्ने चरणमा आएपछि सरकारले औपचारिक रूपमा घोषणा तयारी गरेको मन्त्री अर्यालले जानकारी दिइन्।

‘मन्त्रिपरिषदबाट स्वीकृति प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रूपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने जनाएको छ।

यसअघि विभिन्न देशले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए। पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ मिटर हालसम्म कायम छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्