दाङको गढवा गाउँपालिकामा हावाबाट बिद्युत उत्पादनको सफल परीक्षण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङको गढवा गाउँपालिकामा हावाबाट बिद्युत उत्पादनको सफल परीक्षण

    मा प्रकाशित

दिपक वली
दाङ ९ कोइलाबास ।


कुनै बेला हरेक समस्यामा परेको दाङको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि बिद्युतको पहुचबाट बञ्चित कोइलाबासमा बिद्युतको सहज ब्यबस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो । हावाबाट बिजुली उत्पादन गर्ने काम पहिलो चरणमा सफल भएको जानकारी सहितको पत्र गढवा गाँउपालिकामा आएको गढवा गाँउपालिका वडा नं ८ का वडा अध्यक्ष सद्धाम सिद्धिकिले बताए ।
कोइलाबास क्षेत्रका नागरिकलाई लक्षित गरी २४ सै घन्टा बिद्युत आपुर्तिका लागि बिद्युत उत्पादनका लागि हावाबाट बिद्युत उत्पादनको लागि काम सुरु गरिएको अध्यक्ष सिद्धिकिले जानकारी दिएका छन ।
हावाबाट बिद्युत उत्पादन भएपछि करीव २५० घरधुरी लाभान्बित हुने छन । बिद्युत उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण गरे पश्चात ट्रान्समिटर जडान गरेर परीक्षण प्रकृया सम्पन्न भएको हो । कोइलाबासलाई व्यवस्थित गर्ने क्रममा यो ठाँउमा हावाबाट बिजुली उत्पादन गरी घरघरमा बितरण गरी उज्यालोमय बनाउने अठोटका साथ काम गरेको गढवा गाँउपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।
कोइलाबास नाकामा रहेका बिभिन्न किसिमका समस्या मध्येको बिद्युत पनि एउटा समस्या हो । बिद्युतको समस्याले गर्दा त्यस ठाँउका स्थानीयले पनि निकै सास्ती पाएका थिए । यो समस्याबाट छुटकारा पाउन पनि यो काम अघि बढाइएको र सफल भएर हावाबाट बिजुली उत्पादन हुदा त्यस ठाँउलाई राम्रो हुने गढवा उद्योग बाणिँज्य संघका अध्यक्ष रबिलाल आचार्यको बुझाई छ ।
हावाबाट बिजुली उत्पादन हुने भएपछि बर्षौ देखि झेल्दै आएको समस्या अव समाधान हुने भएकोले त्यस ठाँउका स्थानिय पनि खुसि देखिन्छन र भन्छन यो काम छिटो छरितो रुपमा सम्पन्न गरी बितरण गर्नु पर्छ । हावाबाट बिजुली उत्पादन गर्ने कामलाई सफलता पुर्वक सम्पन्न गर्न सके त्यस ठाँउका नागरिकलाई केही राहत हुने थियो कि ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्