चिनियाँ कन्टेनरले नेपालसम्म ल्याए सामग्री – Kanika Khabar
Friday, January 23Nepali News Portal

चिनियाँ कन्टेनरले नेपालसम्म ल्याए सामग्री

    मा प्रकाशित

मंसिर ११, काठमाडौं ।
पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामग्री ल्याउन शुरु गरेको छ । बुधबार चिनियाँ तीन कन्टेनरले नेपालसम्म सामग्री ल्याएका छन् । चिनियाँ कन्टेनरको डिब्बा मितेरी पुलमा नेपाली कन्टेनरमा राखी सुख्खा बन्दरगाहसम्म ल्याउने व्यवस्था गरिएको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।

तातोपानी भन्सार कार्यालयबाट यसअघि थौरै मात्रामा मात्र सामान आयात भएको भनी व्यापारीले गुनासो गर्दै आएका थिए । नाका सञ्चालनका विषयमा नेपाल–चीनबीचको छलफलमा चीन पक्षले कोरोना सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानीबारे पटकपटक चासो व्यक्त गरेको भन्सार कार्यालयका प्रमुख खत्रीले बताए ।

गत असोजमा केही कर्मचारीमा कोरोना देखिएपछि चीन पक्षले एक दिन सामग्री पठाएर नाका पुनः ठप्प बनाएको थियो । चिनियाँ कन्टेनरले सामग्री ल्याइदिने हुँदा अब नेपाली व्यापारीका सामग्री आउने आशा गर्न सकिने जनाइएको छ । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्