नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा सुरु – Kanika Khabar
Friday, March 13Nepali News Portal

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा सुरु

    मा प्रकाशित

मंसिर ११, काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा आज सुरू हुँदैछ। ​

गत चैतमै हुनुपर्ने साधारण सभा कोरोना भाइरसको महामारीले स्थगित भएको थियो । यो साधारणसभाले महासंघको नयाँ नेतृत्व पनि चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन स्थानमा मतदान हुनेछ ।

काठमाडौँको प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट र उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा मतदान हुनेछ । मंसिर १२ गते भर्चुअल रूपमा नै बन्दसत्र संचालन हुने र १३ गते बिहान ८ बजे मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल उम्मेदवार छन् । साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन्। विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्