थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि – Kanika Khabar
Saturday, January 17Nepali News Portal

थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
मंसिर ११, दाङ
पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ९१ जनाको परीक्षण हुँदा १ हजार ६ सय १४ जना सङ्क्रमित भेटिएका हुन् । हालसम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या १ हजार ४ सय ३७ रहेको छ । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ रहेको छ । नेपालमा हाल कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १६ हजार ७ सय ९३ रहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्