आज पनि बालवालिकालाई भिटामिन ए र बालविटा खुवाइदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज पनि बालवालिकालाई भिटामिन ए र बालविटा खुवाइदै

    मा प्रकाशित

मंसिर १२, दाङ ।
आज पनि बालवालिकालाई भिटामिन ए रबालविटा खुवाइदैछ । नेपाल सरकारले राष्ट्रिय रूपमा ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क भिटामिन ए र जुकाका औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
वर्षको दुईपटक सामान्यतः कात्तिक र वैशाखको पहिलो हप्ता भिटामिन ए र जुकाका औषधि निःशुल्क वितरण गर्ने गरिन्छ । यसपटक भने कोभिड– १९ महामारी, दसैं, तिहार र छठ पर्वले चालु आर्थिक वर्षको प्रथम चरणका हिजो र आज देशैभर महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीबाट भिटामिन ए र जुकाका औषधि निःशुल्क वितरण गरिरहेका छन ।
राष्ट्रिय कार्यक्रमअन्तर्गत वितरण गरिने भिटामिन ए ले रोगप्रतिरोधी शक्ति बढाउन र श्वासप्रश्वास रोग रोकथाम गर्न पनि सहयोग गर्छ । ६ महिनादेखि १२ महिना उमेर समूहका लागि आधा क्याप्सुल र १२ महिनादेखि ५ वर्षसम्मकालाई एक क्याप्सुल भिटामिन ‘ए’ वितरण गरिन्छ। त्यस्तै १२ महिनादेखि २ वर्षसम्म आधा ट्याब्लेट र २ वर्षदेखि ५ वर्षसम्म उमेर समूहकालाई एक ट्याब्लेट जुकाविरुद्धका औषधि अल्वेन्डाजोल वितरण गरिन्छ। त्यसैगरी ६ महिनादेखि २ वर्ष उमेर समूहका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्वको मिश्रण बालभिटा पनि वितरण गरिन्छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्