सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आन्दोलनमा – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आन्दोलनमा

    मा प्रकाशित

दाङ, मंसिर १२ । सरकारले वन क्षेत्रवाट काठ कटान ओसार पसार तथा विक्रिवितरणमा प्रतिवन्ध लगाएको बिरोधमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आन्दोलित भएको छ ।
सरकारको निर्णय सच्चाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय कार्यक्रम अनुसार दाङ सहित देशभरका सवै जिल्ला महासंघले जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आह्वानमा जिल्ला महासंघ दाङले निमित्त प्रमुख जिल्ला अधिकारी यामबहादुर बुढामगर र डिभिजनल वन अधिकृत बिजयराज सुवेदीलाई छुट्टाछुट्टै भेटेर ज्ञापन पत्र बुझाइएको हो ।
महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको नेतृत्वमा वन महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्का, केन्द्रीय सदस्य सावित्रा राना, जिल्ला महासंघका पदधिकारीसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
यसैबीच वन महासंघका केन्द्रीय उपाध्याक्ष खड्काले आफूहरुले पहिलो चरणको आन्दोलन अन्र्तगत सांकेतिक रुपमा ज्ञापनपत्र बुझाएको र मागको सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्