मेलम्चीले बनायो सुविधा सम्पन्न फोहोर मैला व्यवस्थापन केन्द्र – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मेलम्चीले बनायो सुविधा सम्पन्न फोहोर मैला व्यवस्थापन केन्द्र

    मा प्रकाशित

देवराज सुवेदी
मंसिर १२, सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाले सुविधा सम्पन्न फोहोर मैला ब्यवस्थापन केन्द्र बनाएको छ ।मेलम्ची नगरपालिका–१ सिम्लाबगरमा निमार्ण गरिएको केन्द्रमा नगरभित्रका बजार क्षेत्रका फोहोर संकलन गरि त्यहाँ ब्यवस्थापन गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।
१ करोड ३४ लाख ८ हजार ५ सय ९४ रुपैँयामा सम्झौता भई जुगल हिम शिखर केदार निमार्ण सेवाले ठेक्का पाएको थियो । अहिले ७५ प्रतिशत काम सकिएको ठेकेदार कम्पनीले जनाएको छ । यो केन्द्रमा कुहिने, नकुहिने ,जस्तापाता र सिसी बोतलहरुको छुट्टाछुट्टै ब्यवस्थापन गरी कुहिने चिजलाई मल बनाउने, नकुहिने तर पुनप्रयोग गर्न मिल्नेलाई पुन प्रयोग गर्ने गरी काम गर्ने योजना रहेको मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बर अर्यालले बताए ।
नगरप्रमुख अर्यालका अनुसार फोहोरलाई मोहोरमा परिणत गर्नका लागि काम भइरहेको छ । अहिले हप्ताको २ दिन नगरपालिकाको गाडीले मेलम्ची बजारको फोहोर उठाइरहेको छ तर यस्लाई आवश्यकताको आधारमा बढाउँदै र अन्य तालामाराङ, बाहुनेपाटी जस्ता बजारहरुबाट पनि फोहोर सङ्कलनको कार्य अगाडि बढाइने उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्