नतिजा एंव प्रतिफलमुखी आयोजनामा रकमान्तर गरी पूँजीगत खर्चको सदुपयोग गर्न मुख्यमन्त्री पोख्रेलको निर्देशन – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

नतिजा एंव प्रतिफलमुखी आयोजनामा रकमान्तर गरी पूँजीगत खर्चको सदुपयोग गर्न मुख्यमन्त्री पोख्रेलको निर्देशन

    मा प्रकाशित

नारायण वली
मंसिर १२, बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूँजीगत खर्च बढाउन र विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिन निर्देशन दिएका छन् ।

प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समिक्षामा उनले यस्तोे निर्देशन दिएका हुन् । पूँजीगत खर्च बढाउनै पर्ने बाध्यताले गुणस्तरलाई ख्याल नगर्ने प्रवृति आउन सक्ने भएकाले सजग भई अघि बढ्न मुख्यमन्त्री पोख्रलले ध्यानाकर्षण गराएका छन् ।

नतिजामुखी र प्रतिफलमुखी आयोजनामा रकमान्तर गरेर भएपनि बजेटको कमि हुन नदिन अहिले देखि नै काम थाल्न उनले निर्देश गरेका छन् । प्रदेशको अर्थतन्त्र माथी उकास्ने र रोजगारी श्रृजना गर्ने खालका विकास आयोजनामा ध्यान दिन समेत उनको भनाई रहेको छ ।

बजेट खर्च गर्दा पूँजीगत खर्च अधिकतम् गर्न र साधारण खर्चमा मितव्ययी बन्नुपर्ने बताउँदै मुख्यमन्त्री पोख्रेलले साधारण खर्च बढाएर लक्ष्यमा पुग्ने प्रवृति रोक्नु पर्ने वताएका छन् । उनले, साधारण खर्चमा मितव्ययी बन्ने हो, पूँजीगत खर्च बढाएर नतिजा निकाल्ने संकल्प गर्न सुझाव दिएका छन्

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्