फिफा वरियतामा नेपाल एक स्थानमा तल, अब नेपाल १७१ औँ स्थानमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

फिफा वरियतामा नेपाल एक स्थानमा तल, अब नेपाल १७१ औँ स्थानमा

    मा प्रकाशित

कनिका खबर
मंसिर १२, दाङ ।
फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको हो ।

फिफाले आज शुक्रबार जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १७१औँ स्थानमा छ । नेपालले यही नोभेम्बरमा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो ।

 

नेपाललाई हराएको बंगलादेश भने तीन स्थान सुधार गर्दै १८४औं स्थानमा उक्लेको छ ।

नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा भारत र माल्दिभ्सपछि तेस्रो स्थानमा छ । एसियामा भने नेपाल ३४औं स्थानमा छ ।

चार स्थान सुधार गरेको भारत१०४औं स्थानमा उक्लेको छ भने माल्दिभ्स १५५औं स्थानमा यथावत छ । भुटान १८९औं स्थानमा र पाकिस्तान २००औं स्थानमा यथावत छ । श्रीलंका २०६औं स्थानमा यथावत छ ।

विश्व वरीयताको शीर्ष ६ स्थानमा कुनै परिवर्तन भएको छैन भने मेक्सिको र इटली शीर्ष दशमा प्रवेश गरेका छन् ।

यस्तै क्रोएसिया र कोलम्बिया शीर्ष दशबाट बाहिरिएको छ । बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्लयाण्ड चौथो, पोर्चुगल पाँचौ र स्पेन छैटौं स्थानमा यथावत छन् ।

अर्जेन्टिना एक स्थान उक्लदै सातौंमा पुग्दा उरुग्वे एक स्थान तल आठौंमा झरेको छ । दुई दुई स्थान सुधार गरेको मेक्सिको र इटली क्रमशस् नवौं र दशौँ स्थानमा छ ।

क्रोएसिया दुई स्थान तल झर्दै ११औं स्थानमा पुगेको छ भने पाँच स्थान तल झर्दै कोलम्बिया १५औं मा पुगेको छ । एसियन राष्ट्रहरुमध्ये जापान सबैभन्दा अगाडि २७औं स्थानमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्