कोरोनाविरुद्धको भाइरस आफूले प्रयोग नगर्ने ब्राजिलका राष्ट्रपतिको घोषणा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कोरोनाविरुद्धको भाइरस आफूले प्रयोग नगर्ने ब्राजिलका राष्ट्रपतिको घोषणा

    मा प्रकाशित

एजेन्सी ।
कोरोनाविरुद्धको भाइरस आफूले प्रयोग नगर्ने ब्राजिलका राष्ट्रपतिले घोषणा गरेका छन् । राष्ट्रपति जैर बोल्सोनारोले कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा आए पनि आफूले प्रयोग नगर्ने घोषणा गरेका हुन्।

सरकारले कोरोनाको खोप ग्रहण गर्ने निर्णय गरे पनि आफूले त्यसलाई ग्रहण नगर्ने उनले घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको भिडियोमा उनले भनेका छन्, “म तपाईहरूलाई भन्छु कि म त्यो (खोप) लिन्न । यो मेरो अधिकार हो ।”

ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।

मृतकहरुको यो सङ्ख्या अमेरिकापछि विश्वमै सवैभन्दा धेरै हो । कोरोनाका कारण भएको मानवीय क्षतिको हिसावले ब्राजिल दोस्रो क्रममा रहेको छ । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये दुई लाख ६९ हजार ५७९ जनाको मृत्यु भएको छ ।

सङ्क्रमितको सङ्ख्याको हिसावले दोस्रोमा रहेको भारत भने मृतकहरुको सङ्ख्याका आधारमा तेस्रोमा रहेको छ । भारतमा कोरोनाका कारण मृत्यु भएको भनिएकाहरुको सङ्ख्या अहिलेसम्म एक लाख ३५ हजार ७५२ रहेको छ ।

विश्वमै दोस्रो धेरै मानवीय क्षति बेहोरेको मुलुक भएर पनि राष्ट्रपति बोल्सोनारोको अडान गलत भएको भन्दै धेरैले उनको आलोचना गरेका छन् । कोरोनाभाइरसको नियन्त्रणका लागि सरकारले गरेको कडाइप्रति उनले असहमति र असन्तुष्टि जनाउदै आएका छन् ।

उनले मास्क लगाउनु नपर्ने, सामाजिक दुरी काम गर्नु नपर्ने र कुनै सतर्कताको आवश्यकता नभएको दावी पनि गर्दै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्