घोराही उपमहानगरको पहिलो चौमासिक समीक्षा – Kanika Khabar
Sunday, January 18Nepali News Portal

घोराही उपमहानगरको पहिलो चौमासिक समीक्षा

    मा प्रकाशित

दाङ, १२ मंसिर ।

घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकको समीक्षा गरेको छ । कोरोना कहरका बीच शुरु भएको आर्थिक बर्षको पहिलो चार महिनामा गरेका कामको सार्वजनिक, समीक्षा र कामलाई थप तीब्रता दिने बिषयमा छलफल गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सूचना अधिकारी भीमबहादुर चौधरीले पहिलो चौमासिकमा गरेका कामका बारेमा जानकारी गराएका हुन् । उनले नगरको कूल पूँजीगततर्फ १५ प्रतिशत काम भएको र टेण्डर प्रक्रिया सकिने क्रममा रहेकोले उपभोक्ता समिति गठन धमाधम भइरहेको बताए ।

नगरको सूचना तथा सञ्चार प्रविधि शाखाले आयोजना गरेको समीक्षा कार्यक्रममा नगर प्रमुख चौधरी पहिलो चौमासिकको तुलनामा अब दोस्रो चौमासिकका कामलाई तीब्रता र गुणस्तरीय बनाउन निर्देशन दिए । चालु आर्थिक बर्षका लागि तय भएका कार्यक्रम र बजेटको सही सदुपयोग तथा सम्पादनमा शाखा महाशाखा र वडा कार्यालयहरुलाई निर्देशन दिएका हुन् । साथै नगरबासीहरुलाई पनि उनले आफ्ना ठाउँमा परेका योजनाहरुलाई समयमै सक्न र गुणस्तरीय बनाउन विषेशरुपले लाग्न आग्रह गरे ।

त्यसैगरी, नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले योजना सम्झौता र कार्यान्वयनको पक्षलाई समय अनुसार अघि बढाउन निर्देशन दिइन् । कसरी गुणस्तरीय र दिगो काम गर्न सकिन्छ भन्नेतर्फ बिशेष ध्यान दिएर काम गर्नुपर्नेमा उनले जोड दिइन् । साथै प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले कार्यपालिकाले कुन मितिमा के काम गर्ने भनी निर्णय गरेर शाखा महाशाखा र वडामा परिपत्र गरिसकेको जानकारी दिए । कार्यक्रमको सहजीकरण सूचना प्रविधि अधिकृत विमल अग्रहरीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्