रुकुममा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु – Kanika Khabar
Friday, January 23Nepali News Portal

रुकुममा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर १३, रुकुम ।
रुकुममा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।रूकुम पश्चिममा जन्ती बोकेको जीप शुक्रबार बेलुकी साढे ८ बजेतिर आठबीसकोट नगरपालिका–७, दाजेमा रा १ ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा वडा नं। ८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख, डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

आठबीसकोट नगरपालिका वडा नं। ८ को दाजेबाट १०र१२ जना जन्ती बोकेर वडा नं। १० को घारीखोला फर्किरहेको जीप दुर्घटना भएको हो ।

जीप चालक डिल्लीबहादुर नेपाली फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्