कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

    मा प्रकाशित

मंसिर १३, बुटवल ।

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएकाे छ ।
बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुषको गएराति साढे ११ बजे र कपिलवस्तु गोरूसिंगेका ७४ वर्षीय वृद्धको शुकरबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

 

बुटवलका पुरूषलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यस्तै, कपिलवस्तुको गोरुसिङ्गेका वृद्धको राति १०:२० बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए। उनलाई मंसिर ९ गते संक्रमण पुष्टि भएको थियो। दुवै संक्रमित मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित रहेको उनले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्