इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेस पराजित – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेस पराजित

    मा प्रकाशित

एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । गएराति भएको खेलमा न्युकासलले क्रिस्टललाई २–० गोल अन्तरले पराजित गरेको हो । क्रिस्टलको मैदानमा न्युकासललाई जित दिलाउन कलुमविल्सन र जोलिन टनले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम तीन मिनेटभित्र दुई गोल गर्दै न्युकासलले जित निकालेको हो । खेलको ८८ औं मिनेटमा विल्सनले गोल गर्दै क्रिस्टललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा जोलिन टनले गोल गर्दै न्युकासललाई २–० को जित दिलाए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्