नक्कली प्रहरी बनेर ठगी गर्ने एक जना पक्राउ – Kanika Khabar
Saturday, January 17Nepali News Portal

नक्कली प्रहरी बनेर ठगी गर्ने एक जना पक्राउ

    मा प्रकाशित

सुर्खेत, १३ मंसिर ।

सुर्खेतमा नक्कली प्रहरी बनेर ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
प्रहरी हुँ भन्दै ठगी गर्ने वीरेन्द्रनगर-३ तातापानी बस्ने कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका(४ कालीकोटका २८ वर्षीया विलबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली प्रहरी बनेर समुदायका नागरिकबाट रकम अशुल्ने र धम्काउने गरेको गोप्य सूचनाको आधारमा धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

धामीको साथबाट १२ हजार नगदसमेत प्रहरीले बरामद गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्