दाङमा बस र मोटरसाइकल ठोक्किदा २ जना घाइते – Kanika Khabar
Friday, March 13Nepali News Portal

दाङमा बस र मोटरसाइकल ठोक्किदा २ जना घाइते

    मा प्रकाशित

कनिका खबर
मंसिर १३, दाङ ।
दाङमा बस र मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–२ कुमालगडीमा बस र मोटरसाईकल ठोक्किदा २ जना घाइते भएका हुन् ।

रोल्पाको त्रिवेणी गाउँपालिका–९ नुवागाउँ निबासी २३ वर्षका किरण पुन र सल्यानको शारदा नगरपालिका–९ मार्के निवासी २१ वर्षका लक्ष्मण बोहरा घाइते भएका छन् । घाइते मध्ये मोटरसाईकल चालक पुनको अवस्था सिरियस रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको लु ४१प २१३ नम्बरको मोटरसाईकल र पश्चिमबाट तुलसीपुर तर्फ आउँदै गरेको रा१ख २११० नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–२ कुमालगडीमा एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटना बिहान साढे १० बजे भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्