मंसिर १६ गते बस्ने निर्णयसहित नेकपाकाे बैठक सकियाे, ४ नेताले राखे धारणा – Kanika Khabar
Thursday, March 28Nepali News Portal

मंसिर १६ गते बस्ने निर्णयसहित नेकपाकाे बैठक सकियाे, ४ नेताले राखे धारणा

    मा प्रकाशित

मंसिर १३, काठमाडौं ।
मंसिर १६ गते बस्ने निर्णयसँगै नेकपाकाे आज बसेकाे सचिवालय बैठक सकिएकाे छ ।
आजको बैठकमा ओली, प्रचण्डसहित सचिवालयका ४ नेताले आफ्नो धारणा राखेको बताइएको छ ।

आजकाे बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छु्ट्टै प्रस्ताव ल्याएका छन् । यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डलाई जवाफ दिने गरी प्रतिवेदन  ल्याएका हुन् ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अब दुबै प्रतिवेदनमाथि छलफल हुने जानकारी दिए । दुबै प्रतिवेदन अध्ययन गरेर आगामी मंसिर १६ गतेका लागि अर्को बैठक तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्