राँचुलीमा भएको आगलागीमा तीन घर जल्दा १२ परिवार बिस्थापित – Kanika Khabar
Saturday, April 20Nepali News Portal

राँचुलीमा भएको आगलागीमा तीन घर जल्दा १२ परिवार बिस्थापित

    मा प्रकाशित

मंसिर १३, कालिकोट ।

कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर४ को राँचुलीमा आगलागी हुदाँ तीन घर परिवारका १२ वटा घर जलेर नष्ट भएका छन् । वस्तीमा एक घरवाट सुरु भएको आगो छिमेकी घरमा पनि पुगेर खरको छानाले छाएका तीन घर परिवारका १२ वटा परिवार आगलागीवाट बिस्तापित भएका छन् ।तिनै घरमा आगलागी भएपछि अहिले ति परिवार घरबिहिन भएका छन् ।
बिउरी विकको घरको भान्छावाट आगो सुरु भएको र फलामको धुवा निष्कासन हुने पाइपवाट आगोको झिल्का अर्को घरको खरको छानोमा पुगेपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
आगलागीवाट मानविय क्षती नभएपनि कुल विकका दुई गाई जलेर मरेका प्रहरी निरिक्षक भुपेन्द्रवहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य सम्पतीको विवरण संकलन भइरहेको छ । तिलगुफा नगरपालिकाले आगलागीको् जोखिमलाई मध्यनजर गदै सबै खरका छाना हटाएर टिनका छाना वनाउने निति लिएको भए पनि हालसम्म कुनै पनि वडामा काम हुन नसक्दा दलित समुदाय आगलागीको मारमा पर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्