स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष बिष्णुकुमार देवकोटाद्वारा आमाको नाममा अक्षय कोष स्थापना – Kanika Khabar
Thursday, April 25Nepali News Portal

स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष बिष्णुकुमार देवकोटाद्वारा आमाको नाममा अक्षय कोष स्थापना

    मा प्रकाशित

कनिका खबर
मंसिर १३, दाङ ।


स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष बिष्णुकुमार देवकोटाले आफ्नी ममतामयी आमा स्व. हीमालयदेवी देवकोटाको नाममा २५ हजार रुपैयाँको अक्षयकोषको स्थापना गरेका छन् । “हीमालयदेवी देवकोटा स्वतन्त्र बर्ष उत्कृष्ट पुरस्कार”को नाममा स्वतन्त्र पत्रकार संघ प्रदेश समितिमा अक्षय कोष स्थापना निर्णय भएको स्वतन्त्र पत्रकार संघका प्रदेश अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिए ।

प्रत्येक बर्ष जोखिमयुक्त पत्रकारिता गर्नै व्यक्तिलाई आएको ब्याजबाट नगद्सहित सम्मान गरिने देवकोटाले जानकारी दिए ।
दाङ जिल्लामा २०५७ साल वाट विभिन्न रेडियो, पत्रिका, र पछिल्लो समय टेलिभिजन एवं डिजिटल प्लेटफर्म मार्फत पत्रकारितामा सक्रिय देवकोटा लुम्बिनी छड्केका सञ्चालक समेत हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्