महासंघ अन्तर्गत वस्तुगत समूहका सदस्यहरुको मतगणना सम्पन्न – Kanika Khabar
Sunday, January 18Nepali News Portal

महासंघ अन्तर्गत वस्तुगत समूहका सदस्यहरुको मतगणना सम्पन्न

    मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वस्तुगत समूहका सदस्यहरुको मतगणना सार्वजनिक भएको छ । यस समूह अन्तर्गत कुल २८ जना सदस्यले उम्मेदवारी दिएका थिए । त्यसमध्ये बढी ल्याउने १४ जना निर्वाचित भएका हुन् ।

विजयी हुनेमा सबैभन्दा धेरै मत ल्याउनेले ७७ मत तथा सबैभन्दा कम मत ल्याउनेले ४९ मत ल्याएका छन् । ४९ मतभन्दा कम प्राप्त गर्ने उम्मेदवार सदस्यमा निर्वाचित भएका छैनन् ।

वस्तुगत तर्फबाट निर्वाचित हुनेमा सुमित केडिया (७७), नरेशलाल श्रेष्ठ (७२), मीनमान श्रेष्ठ (६७), अरनिको राजभण्डारी (६४), भक्त हमाल (६२), मनिषलाल प्रधान (६०) प्रकाशमान सिंह कार्की (५७), सकुन्तला हिराचन (५५), हेमराज ढकाल (५३) विष्णु गैरे (५१), सन्दीप कुमार अग्रवाल (५१) सुवोधकुमार गुप्ता (५०) गोविन्द ढुंगेल (५०) आकाश अधिकारी (४९) छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्