नेपाल स्टारको उत्कृष्ट १० मा दाङकी प्रेक्षा – Kanika Khabar
Saturday, September 18Nepali News Portal

नेपाल स्टारको उत्कृष्ट १० मा दाङकी प्रेक्षा

    मा प्रकाशित

केएल पीडित 

मंसिर १४, दाङ ।

नेपाल टेलिभिजनले संचालन गरेको गायन प्रतियोगिता नेपाल स्टारको उत्कृष्ट १० मा दाङकी प्रेक्षा लम्साल छनौट भएकी छिन् । उत्कृष्ट १० को लागि १५ जनाले प्रतिष्पर्धा गरेका थिए ।
नेपाल स्टारको उत्कृष्ट १० मा परेपछि उत्साहित भएकी प्रेक्षाले आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । “मलाई टप १० मा पार्न भोट गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरुलाई धेरै धेरै धन्यवाद छ र आगामी प्रतिष्पर्धामा पनि यसरी नै भोट गरिदिन अनुरोध छ ।” प्रेक्षाले भनिन् ।
करिब १६ हजार प्रतिष्पर्धीहरुलाई उछिनेर प्रेक्षा उत्कृष्ट १० मा परेकी हुन् । आगामी शनिबारको श्रृङखलादेखि उनले उत्कृष्ट ९ को लागि प्रतिष्पर्धा गर्नेछिन् । अबको सबै श्रृङखलाको निर्णय भोटको आधारमा हुनेछ ।
दाङको घोराही १२ हापुरकी प्रेक्षा सामाजिक कार्य र अंग्रेजी विषयमा स्नातकको अन्तिम वर्षको पढाइमा छिन् । बाल्यकालदेखि नै कला, साहित्य र संगीतमा प्रेक्षाको विशेष रुचि थियो । हुने विरुवाको चिल्लो पात भनेझैं उनले बाल्यकालमै आफूलाई प्रतिभाशाली साबित गरिन् । कक्षा ४ मा पढ्दा (२०६५) उनले ठूलो पर्दाको चलचित्र ज्यानको बाजीको लागि गीत रेकर्ड गराएकी थिइन् । अहिलेसम्म उनले ८ गीत रेकर्ड गरेकी छिन् ।
छन्द कविता लेखन र वाचनमा प्रेक्षाले राष्ट्रियस्तरमा थुप्रै पुरस्कार जितेकी छिन् । काठमाडौंमा १० वर्षदेखि संगीत प्रशिक्षण लिइरहेकी उनी आफू पनि नागार्जुन भ्याली एकेडेमीमा संगीत सिकाउँछिन् ।
उनी सानै छँदा बुवा चेतनाथ लम्सालले अर्की श्रीमती विहे गरेपछि उनलाई आमा मिरा लम्सालले एक्लै हुर्काएकी हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्