कोरोनाबाट विदेशमा थप ६ नेपालीको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोनाबाट विदेशमा थप ६ नेपालीको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर १४, काठमाडौं

कोरोनाभाइरसका कारण यो साता विदेशमा थप ६ जना नेपालीको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ९९ पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा र युकेमा १–१ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाले जानकारी दिनुभयो । हिजो साँझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली सङ्क्रमित भएकोमा हालसम्म ४३ हजार ५ सय ७४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो कुल सङ्क्रमितमध्येको ९१ प्रतिशत रहेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको कुल संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । तीमध्ये २ लाख ३० हजार ७ सय २३ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या ९२ दशमलव ५ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ४ सय ५४ जनाको ज्यान गएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्