अफगानिस्तानमा आत्मघाती आक्रमण हुदाँ २६ सुरक्षाकर्मीको मृत्यु – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

अफगानिस्तानमा आत्मघाती आक्रमण हुदाँ २६ सुरक्षाकर्मीको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर १४, दाङ
अफगानिस्तानको घाज्नी प्रान्तमा आज भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन् । घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिनुभयो । उहाँले मृतक एवं घाइते सबै सैनिक रहेको बताउनुभयो । घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गर्नुभयो । घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको सवारी साधन सैनिक शिविरभित्र विस्फोट गराएको अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले जानकारी दिनुभयो । तर उहाँले के कति सैनिकको मृत्यु भयो भन्ने बारेमा केही खुलाउनुभएको छैन । उक्त आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्