कोभिड–१९ को संक्रमण, अनुभव र विजय प्राप्ति – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोभिड–१९ को संक्रमण, अनुभव र विजय प्राप्ति

    मा प्रकाशित

दीपक शर्मा समीर

Image may contain: 3 people, selfie and closeup

सजकता अपनाउँदा अपनाउँदै हाम्रो सपरिवार कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुन पुग्यौँ । हामी घरमा होस् या क्लिनिकमा सक्दो सजगता अपनाएका पनि थियौँ । जसका लागि घरबाहिर हिँड्दा होस् या क्लिनिकमा अनिवार्य मास्क, सेनिटाइजर र साबुन पानीले हात धुने नियमित जस्तै थियो । कुनै कार्यक्रम वा भीडभाडमा सहभागी भएर घर फर्केपछि नुहाएर मात्र कोठामा प्रवेश गर्नुपर्ने नियम अबलम्वन गरेका थियौँ ।
हाम्रो परिवारमा स्वास्थ्यसँग सम्बन्धित सरसफाईका सबै नियमहरू सजगताका साथ लागु गरेका थियौँ । तर जे नहुनु पर्थ्यो त्यहीँ भयो । शुरूमा मलाई सामान्य रूघाखोकी देखा पर्यो । मैले यसलाई चिसो वा धुलोधुवाँका कारण सिजनल रूघाखोकी होला भनेर सामान्य रूपमा लिए तापनि म सेल्फ होम क्वारेन्टाइनमा बसे तर अर्को दिन ज्वरो देखा पर्यो, शरीर कमजोरी भए झै महसुस भयो त्यसपछि शङ्का लाग्यो, कतै कोरोना त होईन ?
अर्को दिन बिहान पिसीआर चेक गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर परीक्षणका लागि स्वाव दिएँ । शुक्रबारको दिन थियो । आइतबार रिपोर्ट आउँछ भन्ने कुरा गर्नुभयो ।
कोरोनाका लक्षणसँग केही लक्षण मिल्दोजुल्दो रहेको हुँदा संक्रमण हुन सक्ने शङ्कामा थिएँ म । तर संयोगले भोलिपल्ट शनिबारका दिन बेलुका रिपोर्ट आएको कुरा थाहा भयो, जुन मेरो रिपोर्ट पोजिटिभ थियो । आफैं स्वास्थ्यकर्मी भए पनि केही लक्षण सहित संक्रमण पुष्टि भएकाले म भने थोरै आत्तिए तापनि केही पुर्व तयारीका साथ मन बलियो र धैर्यताका साथ घोराही उपमहानगरपालिकाका स्वास्थ्य संयोजक नारायणप्रसाद घर्तीज्युको सल्लाहमा होम आइसोलेशनमा बस्ने निधो गरेँ । बाबु र मेडम सेल्फ होम क्वारेन्टाइन मै थिए ।
मलाई रूघाखोकी लागेको दिनदेखि म, छोरा र श्रीमती भौतिक दुरी कायम गर्दै सेल्फ होम क्वारेन्टाइनमा बसेका थियौ । जब मेरो रिपोर्ट पोजिटिभ आयो, त्यतिबेला सम्म मेडमलाई घाँटी दुख्ने, रूघाखोकी लाग्ने जस्ता लक्षण देखा परेका थिए । तर बाबुमा कुनै लक्षण थिएन । सामान्य थिए । तै पनि परिस्थिति अनुसार मेडम र बाबुको पि सि आर रिपोर्टका लागि स्वाब दिने निधो गर्यौ । आइतबार बिहान स्वाव दिन बाबु र मेडम राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गए । स्वाब दिएर फर्किए । सोमवार साँझ रिपोर्ट आयो जो दुबै रिपोर्ट पोजेटिभ थियो यो सुन्दा मलाई अलि नमजा लाग्यो भित्रि मन रोयो । तर जे भएनि आफु मन दरिलो बनाएर बाबु र मेडमलाई सान्त्वना दिदै रिपोर्ट पोजेटीभ आएको कुरो सुनाए । तर बाबुको रिपोर्ट नेगेटिभ हुन्छ कि भन्नेमा अलि बढी आशावादी थियौँ, त्यसो हुन सकेन । आफुलाई भन्दा पनि मेडम र बाबुमा कोरोना संक्रमण पोजेटीभ भएकोमा दुःख लाग्यो । तर मेडम र बाबुलाई कुनै कुरोले असर नगरोस् भन्नेमा म सजक थिए ।
पहिले म एक्लै संक्रमित थिए त पछि घरमा मेडम र बाबु पनि संक्रमित भएको पुष्टि भएपछि आफु अभिभावकका रूपमा उनीहरुको हेरचाह नि गर्नु पर्ने बाध्यता आईलाग्यो । कुनैबेला हामीमा केही समस्या आउँछ, कि भन्ने भित्री मनमा सताउँथ्यो । त्यसका लागि बाफ लिन निमुलाईजर, अक्सिजन र पल्ल नाप्न पल्स अक्सिमिटर, ज्वरो एवम् प्रेसर नाप्न थर्मामिटर र बिपि सेट आफुसँगै राखेका थियौँ। समय(समयमा सबैको अक्सिजन, पल्स नापी रहनथ्यौँ । आवश्यकता अनुसार ज्वरो वा प्रेसर नाप्ने गथ्यौँ । अक्सिजन आवश्यकता पर्छ कि भनी स्ट्यानबाई राखेका थियौँ ।
शरीर दुखाई, कमजोरीले टाउको दुख्थ्यो । केही खान मन नलागे पनि जवर्जती खान्थ्यौँ । शरीर पूरै गलेको थियो । स्वाद र गन्ध केही महसुस गर्न सकेका थिएनौँ । कहिलेकाँही अस्पताल पुग्नुपर्ने अवस्था आउँछ कि भन्ने डर मनमा भई रहन्थ्यो । तर भगवानको कृपाले त्यो अवस्था आएन । त्यो समयमा जे जति गर्यौँ दैनिक सन्तुलित भोजन नै हाम्रो सुधारको ओखती बन्यो । यसरी दिनहरू बित्दै गए ।
हामीले आयुर्वेदिक इमिनो केयर र अशोका गन्ध चुर्ण, चेवनप्रास र घरेलु औषधीहरुमा कुनै कमी हुन दिएनौँ । सबै घरेलु औषधी उपचार र खानपिनको व्यवस्था सके जति मिलाएका थियौ । एलोपेथिक औषधीमा निको, अजिथ्रो, कफ सिरप, सिटिजेट, मल्टि भिटामिन, भिटामिन सि, क्याल्सियम जस्ता अति आवश्यक औषधी आबश्यकता अनुसार प्रयोग गरेका थियौ । दिनमा ३ पटक वाफ लिईन्थ्यौँ । शारीरिक ब्यायामलाई पनि उत्तिकै निर्णतरता दियौँ । अक्सिजनको लेवल ६÷६ घण्टामा छोरा अभिनयले नाप्ने गर्थे । हामीलाई शारीरिक समस्या ७ देखि ११ दिन सम्म अलि बढी भयो । यो अबधिमा कसलाई के हुने हो, भन्ने त्रासले पनि हामी ५ दिनसम्मको त्यो साँझ कोही पनि राम्रोसँग निदाएनौँ । तर त्यो भन्दा कैयौ गुणा बढी मानसिक त्रासले सताउँदो रहेछ ।
कोरोना भाइरस अर्थात कोभिड १९ सुन्दा र पढ्दा जति सामान्य लाग्छ, त्यो भन्दा कैयौँ गुणा शारीरिक र मानसिक पीडा हुँदोरहेछ । त्यसैले कोरोनालाई सामान्य नसम्झौँ र नबुझौँ। रुघाखोकी मात्रै हो भनी सामान्य लियौँ भने यसले ज्यान पनि लिन सक्छ । त्यसैले सबै कोभिड–१९ देखि सचेत बनौँ, सजग रहौँ, शंका लागेमा समयमै पिसिआर जाँच गरौँ । पिसिआर रिपोर्ट अनुसार आफूलाई सुरक्षित राखौँ, अरुलाई रोग सर्नबाट बचाँऊ । हामी आइसोलेशनमा बसेनौँ, पिसिआर गरेनौँ भन्नेहरूसँग सावधान रहौँ । त्यसैले कोरोना भाइरस अर्थात कोभिड–१९ सँग खेलवाड नगरौँ, सचेत बनौँ, सुरक्षित रहौँ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्