सांसद विद्या भट्टराईद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका योजना सार्वजनिक – Kanika Khabar
Tuesday, March 21Nepali News Portal

सांसद विद्या भट्टराईद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका योजना सार्वजनिक

    मा प्रकाशित

गणेश रामदाम
मंसिर १५, पोखरा ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले आर्थिक बर्ष २०७७÷०७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नुभएको छ । भट्टराइले पोखरामा हिजो पत्रकार सम्मेलन गर्दै आफ्नो निर्वाचन क्षेत्रमा चार करोडका विभिन्न ३० योजना छनोट गरिएको जानकारी दिनुभयो ।

संघीय सरकारबाट कास्की क्षेत्र नम्बर २ मा विनियोजित योजनाहरुको समेत जानकारी दिंदै उहाँले योजनामा जनसहभागिताले मात्र विकास सार्थक र उपलब्धी हुने बताउनुभयो । पोखरा ४ मा १० लाख लागतमा बुढानिलकण्ठ बहुउद्देश्य सामुदायिक भवन निर्माण गर्ने, पोखरा ४ मै गणेश मन्दिर पछाडीको सडक स्तरोन्नतीका लागि १० लाख, पोखरा ७ र ६ जोड्ने मुलखोकमा बन्दै गरेको अपुरो कल्बर्ट सहितको पुल निर्माणमा २५ लाख, पोखरा ८ मा शिवालय मार्ग ढल निर्माणमा २० लाख विनियोजन गरेको भट्टराईले जानकारी दिनुभयो ।

यस्तै, पोखरा ८ मा रक्तसञ्चार केन्द्र पूर्वाधार निर्माणका लागि २० लाख, यसैगरी पोखरा ९मा महेन्द्र मा वि, नव प्रभात मा वि भौतिक संरचना निर्माणका लागि १० लाख, पोखरा ९ मै जलारी समाज भवन, शान्ती दर्शन बहुउद्देश्य भवन निर्माणका लागि १० लाख छुट्याईएको उहाँले बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालय पूर्वाधार निर्माण, कालीका चोक व्यँसघारी सडक स्तरोन्नती, रामघाट परोपकार संस्था कृयापुत्री भवन जाने बाटो स्तरोन्नती, जेष्ठ नागरिक दिवा सेवा केन्द्र लगायतका थुप्रै आयोजना छनौट भएको उहाँले जानकारी दिनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्