नेपालमा थप १४ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Monday, March 27Nepali News Portal

नेपालमा थप १४ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
मंसिर १५, काठमाडौं

पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ९ हजार ९ सय ११ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १९ सय ३१ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको संख्या १७ हजार ४ सय २३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ०८ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्