वर्तमान सरकार नमूना सरकारको रुपमा अघि बढ्दैछः मन्त्री अर्याल – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

वर्तमान सरकार नमूना सरकारको रुपमा अघि बढ्दैछः मन्त्री अर्याल

    मा प्रकाशित

कनिका खबर
मंसिर १५, काठमाडौं

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले वर्तमान सरकार नमूना सरकारको रुपमा अघि बढेको बताउनु भएको छ । उहाँले वतर्मान सरकार नमुना सरकारको रुपमा अगाडि बढेको भन्दै विगत भन्दा अहिलेको सरकार विकासको गतिमा हिँडेको उल्लेख गर्नुभयो । आज स्याङ्ग्जाको गल्याङ–१ मालुङ्गा, वालिङ र भिरकोटमा अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले पहुँचका आधारमा विकास नहुँने भएकाले आवश्यकताका आधारमा मात्रै विकास हुने बताउनुभयो । विकासको वर्गिकरण गरेर संघ, प्रदेश र स्थानीय तिनै सरकार बीचको समन्वयमा विकास हुने उहाँको भनाइ छ । स्वास्थ्य क्षेत्रमा आज ऐतिहासिक दिन भएको भन्दै मन्त्री अर्यालले देशभर एकैपटक ३ सय ९६ वटा अस्पतालको शिलान्यास हुनु ऐतिहासिक घटना भएको पनि बताउनुभयो । भौतिक संरचनासँगै दक्ष जनशक्ति र आधुनिक सुविधा सम्पन्न उपकरणको समेत व्यवस्थापन हुने भन्दै उहाँले स्वास्थ्य हरेक नागरिकको सहज पहुँचमा पुग्ने पनि उल्लेख गर्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्