सोरु गाउँपालिकामा आजबाट बन्द रहेका विद्यालय सञ्चालनमा – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

सोरु गाउँपालिकामा आजबाट बन्द रहेका विद्यालय सञ्चालनमा

    मा प्रकाशित

कनिका खबर
मंसिर १५, मुगु
कोरोना महामारीका कारण झन्डै ८ महिनादेखि बन्द रहेका मुगुको सोरु गाउँपालिकाका विद्यालयहरु आजबाट पुनः सञ्चालनमा आएका छन् । गाउँपालिकाकाले बन्द रहेका विद्यालय आजबाट नियमित सञ्चालनमा ल्याउने निर्णय गरेको हो । मंसिर १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँपालिमा भएका सम्पूर्ण विद्यालय आजबाट खोलिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित रुपमा पठनपाठन सुरु गर्न सम्पुर्ण सामुदायिक विद्यालयहरुका शिक्षक कर्मचारीलाई आ–आफ्नो विद्यालयमा हाजिर भई विद्यालय सञ्चालन गर्नका लागि पत्राचार गरिएको पनि बताउनुभयो । गाउँ कार्यपालिकाको बैठकले आवश्यक स्वास्थ्य सतर्कताका सामग्रीहरु माक्स, स्यानिटाइजरको प्रयोग गरेर विद्यालय सञ्चालनमा ल्याउन सबै विद्यालयलाई पत्रचार समेत गरेको छ । यस्तै बैठकले पालिकामार्फत् वितरण गरिने सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकमार्फत् मात्र भुक्तानी गर्नुपर्ने निर्देशन आएकाले ३ दिन भित्र सबै वडाका वडा सचिवलाई गाउँपालिकाको कार्यलयमा सम्पर्क गर्न निर्देशन समेत दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्